News

आइजिपि अर्याल आफुलाई हटाएर देखाउन भन्दै कड्किएपछि......

आइजिपि अर्याल आफुलाई हटाएर देखाउन भन्दै कड्किएपछि......
IGP ‘प्रहरी महानिरीक्षक फेर्ने भ्रम कतिजनाले पाल्नुभएको छ , त्यस्तो भ्रमको पछाडि नलाग्नुहोस्’, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफुभन्दा कनिष्ठ अधिकारीहरुलाई बुधबार निर्देशन दिंदै थिए । मुख्यालयमा बुधबार अपराह्न पुलिस कोर्डिनेसन कमिटी (पीपीसी)को बैठक बसेको थियो । सो बैठकपछि प्राविधिकतर्फका बढुवा भएका तीनजना डीएसपीलाई ओहोदाको फुली लगाइदिएपछि महानिरीषक अर्यालले निर्देशन मन्तव्य राख्न थाले । उनले परम्परागतभन्दा बिल्कुलै फरक निर्देशन दिन थालेपछि कार्यक्रममा सन्नाटा छाएको थियो । उनले प्रहरी के गर्न हुन्छ र हुन्न भन्नेमा भन्दा आफुलाई फेर्न हुन्छ की हुन्न भन्ने प्रष्टिकरणमा अभिव्यक्ति केन्द्रीत गरेका थिए । झण्डैं १२ मिनेट आफ्नो बर्खास्तीका लागि प्रहरीभित्रैबाट भइरहेको चलखेलका बारेमा उनले आक्रोश व्यक्त गरेका थिए । उनले चेतावनीको शैलीमा आफुभन्दा कनिष्ठ अधिकारहिरुसंग आफ्नो पदको बचाउ गर्दै भने, ‘मलाई सार्हैरिस उठिरहेको छ, यहां व्यक्त गर्न सक्दिनं । आईजीपी फेरिंदैछ भनेर न्युज बनाउन लगाउने, यसैलाई ठाउंठाऊंमा पुर्याएर संगठन प्रमुखको गरिमाको ख्याल नगर्ने ? यतिमात्रै भन्छु, फागुन २ सम्म म आईजीपीकै पोसाक लगाएर कार्यालय समयसम्म मुख्यालयमै रहन्छु ।’ महानिरीषकलाई उदृत गर्दै स्रोतले भनेको भनि अन्नपूर्ण दैनिकले लेखेको छ । महानिरीक्षक अर्यालले को को आईजीपी फेर्ने धन्दामा लागेका हुन् आफुलाई सबै जानकारी रहेको र समयले सबै बताउंला भन्दै उपस्थित अधिकारीको सातो लिएका लिएका थिए । निर्देशक कनिष्ठ तहदेखि बरिष्ठ तहका अधिकृत उपस्थित सो निर्देशन बैठकमा अर्यालले देखाएको आक्रोश प्रहरी संगठनभित्र चर्चाको बिषय बनेको छ ।

विशेष