अमेरिका भिसा प्रक्रियामा सहजता
जेष्ठ, ६
जेष्ठ १९ गतेदेखि लागू हुने गरी अमेरिकी दुतावसले भिजिट भिसा र विद्यार्थी भिसामा कागजी प्रक्रिया कम गर्ने भएको छ ।
अव आवेदन दिन जाने व्यक्तिले राहदानी, पुरानो राहदानी, कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तनीको रसिद, फोटो, आइट्वन्टी र टान्सक्रिप्ट भए पुग्ने दुतावसले जनाएको छ ।
यो भन्दा पहिला दुतावसमा भिसाको लागि अन्तरवार्ता लागि उपस्थित हँदा बैंक मौज्दात विवरण, जग्गा सम्बन्धी कागजात, निमन्त्रणापत्र पेस गर्नु पर्ने भंझट थियो ।
अमेरिकी दुतावसले अव यी कागजात ल्याएमा सुरक्षा एकाइमा जम्मा गर्न अनुरोध गरेको छ । अनावश्यक कागजातका कारण पैसा खर्च र गोप्य सूचनाको चोरीबाट बच्न दुतावसले यस्तो प्रक्रिया थालेको हो ।