एकता अधिवेशन शुरु हुन नपाउंदै माओवादीमा असन्तुष्टि, खुलेयाम छेडछाड
चार माओवादी घटकका बीचमा एकता अधिवेशन शुरु भएसंगै माओवादीभित्रको असन्तुष्टिपनि सार्वजनिक हुन थालेको छ । एकीकृत माओवादीको भातृसंगठन वाइसियलका महासचिव रामप्रसाद सापकोटाले भित्र जुनियरहरु आफु भने गेटबाहिर भन्दै सामाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले लेखेको स्टाटस यस्तो छ ।
स्टाटसः
उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र एंव अखिल क्रान्तिकारीका नेता दिपेश पुनले प्रचण्ड सधैंका लागि नेता बन्ने, केन्द्रीय समितिको बैठक खुलामञ्चमा बस्ने भनेर व्यङ्ग्य कसेका छन् । उनले लेखेको स्टाटस यस्तो छ ।
स्टाटसः
पार्टी विभाजित भइ बनेका माओवादीमा धमाधम केन्द्रीय सदस्य बन्ने अवसर कतिपय कनिष्ठलाई मिलेको थियो । एकतामा आउंदा उनीहरु केन्द्रीय सदस्यकै हैसियतमै फर्कन पाएका छन् । पार्टी विभाजन हुंदा उनीहरुका लागि व्याजसमेत प्राप्त भएको छ । एकीकृत माओवादीमै रहनेहरुका लागि आफ्नो पद घरमै राखिएको धनजस्तो भएको छ । बढुवा नभएपछि व्याज नपाएजस्तो भएको छ ।