News

आन्दोलनकारी नै ट्राफिक प्रहरीमाथी जाइलागेपछि

आन्दोलनकारी नै ट्राफिक प्रहरीमाथी जाइलागेपछि
काठमाडौँ ,६ ,जेठ मधेसीलगायतका पहिचानवादी गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको चौथो दिन रत्नपार्कमा आमसभा आयोजना गरिएको थियो । वीर अस्पतालबाट सुरु भएको र्याली बागबजार, पुतलीसडक हुँदै सहिदगेट पुगेको थियो र्याली भद्रकाली मन्दिरअगाडि पुग्दा पछाडि जाम निकै ठूलो भइसकेको थियो । संघिय सवरीचालकहरूले एकैलयमा हर्न बजाएर आन्दोलनकारीलाई बाटो छाड्न दबाब दिए । आक्रोशित केही आन्दोलनकारी पछाडि फर्केर चालकहरूमाथि जाइलागे । प्रहरीले नियन्त्रण गरेपछि झडपले अप्रिय रूप लिन पाएन । जुलुस फेरि अघि बढ्यो, सहिदगेट पार गर्नासाथ दुई लेनको सडकमा जुलुस एक लेनमा सीमित भयो, अर्को लेनबाट गाडी चल्न थाले । [caption id="attachment_1546" align="alignnone" width="700"]trafik फाेटाे फायल[/caption] समानान्तर भएपछि आन्दोलनकारी र सवारीचालकबीच फेरि भनाभन भयो । उत्तेजित आन्दोलनकारी सवारीचालकमाथि झम्टिए, केही मोटरसाइकल पल्टिए । फेरि प्रहरीले हस्तक्षेप गरेर शान्त पार्यो । जुलुस पार नहुँदै सवारीसाधन छाडेको भनेर आन्दोलनकारी ट्राफिक प्रहरीसँग आक्रोशित थिए ।                      

विशेष