राजेन्द्र महतो प्रधानमन्त्री होउन् भन्ने चाहनुहुन्छ ? प्रधानमन्त्री भइहाले महतोले रोचक काम गर्ने रहेछन
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोप्रति नेपालको जनसंख्याको ठूलो हिस्सा रुष्ट छ । सामाजिक संजालमा उनीप्रति दर्शाइने वितृष्णा यसको सूचक हो । नाकावन्दीपछि उनी आमपंक्तिको आक्रोशमा पर्दै आएका छन् । नेपालको राजनीति न हो, उनै महतो कुनै दिन प्रधानमन्त्री भइहाल्नपनि सक्छन् । त्यसो भयो भने महतोले के गर्लान् ?
महतो : म यो देशका सबै जनजाति, भाषाभाषी, समुदायका जनतालाई एक नम्बरको नेपाली बनाउने छु । त्यसपछि समृद्धितर्फको यात्रा हुनेछ । त्यसका लागि सगरमाथा, लुम्बिनी, जानकी मन्दिर, हिमाल, पहाड र तराईका सांस्कृतिक धरोहर प्रर्वद्धन गरेर जानुपर्छ । काठमाडौंमा आन्दोलन गर्दा तराई पहाड हिमाली भनेर आन्दोलन गर्ने तर मधेसलाई पहाडमा मिसाउनै हुन्न भनेर अडान कस्ने ? यो त विरोधाभाष भएन र ? हामीले मधेसी पहाडी हिमाली मिसाउनुपर्छ भनेको तर केपी ओलीले मिसाइदिएन । आजसम्मसंगसंगै बस्यौं, अहिले ओलीजी आफैं पहाडीलाई अलग्गै गरेर मधेशबाट छुटाउन खोजिरहनुभएको छ ।
नागरिक दैनिकले लिएको अन्र्तवार्तामा आधारित