प्रधानमन्त्री ओलीलाई उडाउनेहरुले हेर्नैपर्ने ५ बर्ष अघिको यो फोटो
बिहिबार प्रधानमन्त्री ओली एमालेको भातृ संगठन प्रेस चौतारीको अधिवेशनमा बुद्धिजीवीका बारेमा निकै तितो पोखे । २ बर्षमा देशलाई लोडसेडिङ मुक्त गर्ने, हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा रेल कुदाउने, दुई बर्षभित्रमै नेपालमा पेट्रोल उत्पादन गर्ने, समुन्द्रमा नेपालकै पानीजहाज कुदाउने आदिइत्यादि अभिव्यक्तिका कारण ओली हांसोमजाकको पात्र बने ।
उनलाई गलत सावित गर्न बुद्धिजीवीहरु हिसावकितावसहित प्रस्तुत भए । ओलीको अभिव्यक्तिलाई सतही भन्नेहरु धेरै छन् । तर, सामाजिक संजाल फेसबुकमा कुसल केसीले ५ बर्षअघिका केही फोटो सार्वजनिक गरेका छन् । जुन फोटोले ओलीका अभिव्यक्ति सतही नभइ उनका सपनामा अधारित रहेको प्रष्ट गर्दछ । म किन ओलीको साथमा प्रश्नसहितको स्टाटसमा कुसलले मार्मिम प्रसंग जोडेका छन् । केसीले ५ बर्ष अघि सोलार कार बनाएका रहेछन् । तत्कालिन प्रधानमन्त्रीलगायतका उच्च पदाधिकारीलाई कारको टेष्ट ड्राइभका लागि आग्रह गरेकापनि रहेछन् । कसैले उत्साह देखाएनछन् । तर, ओलीले कारमा चढेर निकै उत्साह प्रकट गरेछन् ।
केसीलाई धाप मार्दै आफ्नोपनि सोलार इनर्जीमा रुची रहेको र मौका आउंदा रुचीअनुसारको काम गर्ने बताएछन् । केसीको फोन नम्बरपनि लिएका रहेछन् । परिआउंदा बोलाउने भन्दै । ५ बर्ष नबित्दै ओली प्रधानमन्त्री भए । सौर्य उर्जा, वायु उर्जाको चर्चा चलाए । दुनियांले ओलीलाई उडायो । तर, केसी उत्साही छन् । भलै, उनलाई प्रधानमन्त्री भएपछि ओलीले नसम्झेका हुन् ।