News

अस्वाभाविक प्रतिभाका धनी अमिरको चित्रकला प्रदशनी

अस्वाभाविक प्रतिभाका धनी अमिरको चित्रकला प्रदशनी
जेठ, ७ शारीरिक रुपमा अपांग रहेका किशोर अमिर बम्जनको एकल चित्रकला प्रदशनी कमलपोखरी स्थित रसियन कला केन्द्रमा सम्पन भएको छ । [caption id="attachment_1646" align="alignnone" width="750"]Amir-1 अमिरलाई प्रदशनीहलमा ल्याउँदै उनकी आमा (तस्विरः गगन थापा ÷ नेपाल आज)[/caption] मकवानपुर घर भई हाल काठमाण्डौको कालिमाटीमा बस्दिै आएका उनी टाउको भन्दा तलको कुनै पनि अंग चालउन सक्दैनन् । आज प्रदशनीमा राखिएका सबै चित्र मुखमा कुचि राखेर बनाइका थिए । अमिरले वरिष्ट चित्रकार किरण मानन्धरले चित्रकला सिकिरहेका छन् । ‘उसको क्षमता धेरै राम्रो छ, उसले यो क्षेत्रलाई निरन्त्रता दियो भने अवश्य नै राम्रो गरेर देखाउन सक्छ ।’ [caption id="attachment_1647" align="alignnone" width="750"]प्रदशनी हलमा दर्शक नियाल्दै अमिर (तस्विरः गगन थापा ÷ नेपाल आज) प्रदशनी हलमा दर्शक नियाल्दै अमिर (तस्विरः गगन थापा ÷ नेपाल आज)[/caption] अस्वभाविक प्रतिभाको धनी अमिरले चित्रमात्र प्रदशन गरेनन् । उनले आफ्नो गीत पनि गाएर दर्शकलाई भाभुक बनाए । उनको ‘आमा’ बोलको गीत गाउँदा सबै दर्शक भावुक बनेका थिए । उनको गीतले भावुक बनेका उनका गुरु न्यु बज्रचार्य केही समय बोल्न पनि सकेनन् । उनले पनि अमिरको धेरै प्रशन्सा गरे । आजको यस कला प्रदशनीमा ४० वटा चित्रहरु प्रदशनीमा राखिएको थियो । उनको प्रत्येक चित्रको न्युनतम मूल्य ५ हजारदेखि माथि खुल्ला बोलकबोलमा विक्री गरिएको थियो । उनका ४० चित्रहरु मध्य १८ वटा चित्रहरु विक्रीबाट १ लाख ३१ हजार उठेको छ । यस प्रदशनीको सबै भन्दा महंगो चित्र १२ हजारमा संगीतकार तथा अमिरका गुरु न्यु बज्रचार्यले खरिद गरेका थिए । [caption id="attachment_1648" align="alignnone" width="750"]चित्रकला नियाल्दै दर्शक (तस्विरः गगन थापा ÷ नेपाल आज) चित्रकला नियाल्दै दर्शक (तस्विरः गगन थापा ÷ नेपाल आज)[/caption] उनले चित्र कोर्ने सँगसँगै गीत गाउने, कविता लेख्ने गर्दछन् । अमिरले भविष्यमा पनि यसै क्षेत्रमा लाग्ने बताए । तर अपांगको कायक्रम भए पनि अपांग मैत्री भने नभएको एक दर्शकले बताए । उक्त कार्यक्रम करुणा फाउन्डेसनले गरेको थियो ।

विशेष