News

एउटा मिसकलले बिगारेको रहेछ बैद्य–थापा सम्बन्ध

एउटा मिसकलले बिगारेको रहेछ बैद्य–थापा सम्बन्ध
mohan-baidhya-ram-b-thapa-badal केटा र केटीका बीचमा प्रारम्भिक सम्बन्ध राख्ने माध्यम बन्छ–मिस कल । टुच्च मिस कल दियो, अनि कलको प्रतिउत्तर कुरी बस्यो । यसरी नै सम्बन्ध झांङ्गिन्छ । तर, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यको हकमा भने बिल्कुलै फरक परिश्थिति सृजना भएको छ । झुक्किएर डायल भएको एउटा कलले उनका प्रिय सहकर्मी रामबहादुर थापा बादललाई छिनेर लग्यो । पार्टी एकताका बारेमा पार्टीभित्र अन्तरविरोध देखिएपछि बैद्य, सिपी गजुरेल, थापा र देब गुरुङ गोप्य बैठकमा रहेछन् । चैत्र २१ को कुरा हो । शिब कट्टेलको घरमा छलफल चलिरहेको थियो । बैठकको बीचमै गजुरेल उठेर हिडे । त्यसपछि बैठक रोकियो । बैद्य, गुरुङ र थापापनि लाखापाखा लागे । केहीबेरमा थापालाई बैद्यको नम्बरबाट फोन आयो । उनले फोन उठाए । तर, बैद्यले जवाफ फर्काएनन् । बरु, बैद्य छलफलमा व्यस्त रहेको फोनमा आइरहेको आवाजबाट प्रष्ट हुन्थ्यो । थापाले कान थापेर वैद्यको छलफल सुने । थाहा भइहाल्योः आफुहरुको बैठक छोडेर हिडेका गजुरेलले बैद्यसंग भिन्दै छलफल गर्दैरहेछन् । साथमा रहेछन् दिनेश शर्मा । बैद्य, गजुरेल र शर्माको छलफलमा कुनैपनि हालतमा पार्टी एकता हुन नदिने गरी रणनीति बन्दै थियो । झण्डै १ घण्टा थापाले गोप्य छलफल सुन्न पाए । त्यसपछि फोन काटियो । बैद्यको फोन वान वे भयो वा बैद्यले चाल पाए एकीन छैन । थापाले बैद्य रणनीतिका बारेमा प्रतिरणनीति बनाए । भोलिपल्ट छलफल गर्ने गरी थापा र बैद्य छुट्टिएका थिए । अघिल्लो दिनको योजनाअनुसार नै गजुरेल प्रस्तुत भए । उनल पांच जना सदस्य रहने वार्ता टोली बनाउने प्रस्ताव गरे । यताबाट देब गुरुङले प्रतिवाद गरे । बैद्यसंग मिलेर गजुरेलले बल्लबल्ल तय गरेको रणनीति २४ घण्टा नबित्दै विफल भयो । उता, बैद्यप्रतिको थापाको अगाध विश्वासपनि टुट्यो । त्यसपछि बैद्यले पार्टी एकीकरणका लागि निर्णायक कदम चाल्न थाले । बैद्य अल्पमतमा परे । (नयां पत्रिकाको शनिबार विशेषमा प्रकाशित बैद्य–बादल सम्बन्धमा केन्द्रीत आलेखमा आधारित)

विशेष