कला साहित्य News साहित्य आज

पुस्तकालयहरुको यतिविघ्न दुर्दशा !

पुस्तकालयहरुको यतिविघ्न दुर्दशा !

भुकम्प गएको पनि वर्ष दिन वितिसकेको छ । तर देशकै पहिलो सरकारी पुस्ताकालय केशर पुस्तकायलयमा पुग्दा भुकम्प भरखरै गएको आभाष हुन्छ । पुस्तकालयको भित्तामा पुस्तकालय भवन बन्द रहेको सूचना टांगिएको छ ।

Keshar Pustakayala

पुस्तक प्रेमीहरु भने आउन छोड्दैनन् । पाठकहरु बाहिर चौरमा बसेर भएपनि चित्त बुझाउछन् ।पुस्ताकालयभित्र जान निषेध छ । मूलद्वारमा तैनाथ छन् कार्यालय सहयोगी । उनीहरुको दिन पुस्ताकालय बन्द रहेको सूचना दिदैमा बित्दछ । पुस्ताकालय भवन जोखिममा रहेको छ । प्रशासनको काम भने पहिलो तलाबाटै जसोतसो भइरहेको छ । 13242169_519968494860048_214300236_o

नेपालको पहिलो सरकारी पुस्तकालय केशर समशेरकोे देन हो । पहिले यो केशरको नीजि पुस्ताकालय थियो । २०२६ सालमा यसलाई सरकारीकरण गरियो । त्यसपछि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । पुस्तकालयमा हाल करिब ५० हजार पुस्तक र कागजात रहेको बताइन्छ । भुकम्पले केकति क्षति पु¥यायो भन्ने तथ्पांकसमेत पुस्ताकालय प्रशासनसंग छैन । बहुमुल्य पुस्तक भित्रभित्रै गायब पारिएपनि थाहा नहुंनेस्थित छ । शिक्षा मन्त्रालयले समेत केशर पुस्ताकालयका लागि चांसो देखाएको छैन । केशर पुस्ताकालय पहिलेजस्तै पठनीय कहिले होला ? उत्तर छैन । त्रिवि पुस्तकालयको हाल पनि उस्तै TU library

नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको पुस्तकालय त्रिवि पुस्तकायल पनि भुकम्पपछि अस्तव्यस्त छ । बैशाख १२ गतेको भुकम्प र पटकपटकको पराकम्पले ढालेका र्याक अहिलेसम्म ठडाइएको छैन । त्रिवि पुस्तकालयमा रहेको पत्रपत्रिकाको फाइलिङ व्यवश्थित छैन । किताव यत्रतत्र छरिएका छन् ।

13282336_519968498193381_2004426048_o

फोहोरको डगुंरजस्तो देखिन्छ पुस्तकालयभित्रको दृश्य । पुस्तकालयमा भेटिएका पाठक बिसाल कटुवाल नेपालआजसंग गुनासो गर्दै भने “म विहान दश बजे एउटा पत्रिका खोज्न आएको चार बज्दासम्म भेटेको छैन ।” यो पुस्ताकालय पुग्ने सबैको साझा समस्या हो । पुस्तकालयको त्रिवि प्रशासनले यसमा चांसो नदिएको पुस्तकालयसंग सम्बन्धित अधिकारीको दुखेसो छ । प्रस्तुतिः सागर बुढाथोकी

विशेष