News

संयुक्त राष्ट्रसंघले समेत मनायो २५ सय ६० औँ बुद्धजयन्ती

संयुक्त राष्ट्रसंघले समेत मनायो २५ सय ६० औँ बुद्धजयन्ती
काठमाडौँ ८ जेठ बुद्धजयन्तीको अवसरमा संयुक्त राष्ट्रसंघको कायर्लय ललितपुरमा पनि एक कार्यक्रम सहित बुध्द जयन्ति मनाइएकाे छ ।कार्यक्रममा  संयुक्त राष्ट्रसंघका महासचिब वानकी मुनले  पठाएकाे सन्देश प्रवाह गरीएकाे थियाे । उक्त सन्देशमा भनिएकाे छ ।  संसारमा यतिबेला बुध्दकाे अाबश्यक्ता खडकीएकाे छ । र सबैले बुध्त्व प्राप्त गर्नु पर्छ भन्ने हाम्राे कामना छ ।। उक्त शुभकामना शन्देसमा बुध्द जन्मेकाे देशका नागरीकहरूले भाेग्नु परेकाे पिडा देखी संयुक्त राष्ट्रसंघ चिन्तित समेत भएकाे बताइएकाे छ । उता न्यूयोर्कस्थित प्रधान कार्यालयमा पनि विशेष समारोहकाे  आयोजना गरी बुध्द जयन्ती मनाइएकाे छ  ।समारोहमा राष्ट्रसंघका महासचिव वानकी मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले मन्तव्य व्यक्त गर्नुभएको थियो । स भेसाक दिवसका रुपमासमेत मनाइएको बुद्धजयन्ती समारोहमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि एवं राजदूत दुर्गाप्रसाद भट्टराईले अहिंसा र मध्यमार्गजस्ता बुद्धका उपदेशले दुई शताब्दीदेखि मानव समाजलाई मार्गदर्शन गराएको बताए । अहिंसा, करुणा र सहनशीलताजस्ता बुद्धका उपदेशलाई सबैले सम्झनुपर्नेमा राजदूत भट्टराईले जोडदिए काे न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ । त्यसअघि आजै बौद्धभिक्षुलाई भोजन दान समेत गरिएको थियो । श्रीलङ्काली स्थायी नियोगले आयोजना गरेको भोजन दान कार्यक्रममा नेपाली स्थायी नियागका पदाधिकारीले  एकत्रित भएका बौद्धभिक्षुलाई नेपाली भोजन गराएको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष