News

बुद्ध नेपालमा जन्मेका हुन् भन्दै बेलायतमा पनि मनाइयो बुद्ध जयन्ती

बुद्ध नेपालमा जन्मेका हुन्  भन्दै बेलायतमा पनि मनाइयो बुद्ध जयन्ती
बेलायतमा पनि बुध्द जयन्ती भब्य रूपमा मनाइएकाे छ ।   बेलायतको संसद भवन अगाडि पार्लियामेन्ट स्क्वायरमा  साँझ “बुद्ध नेपाल माजन्मेका हुन् ” सन्देशका साथ बुद्ध जयन्ती भव्यताका साथ मनाईएको छ । शुक्रबार साँझ ५बजे देखि ८ बजेसम्म पार्लियामेन्ट स्क्वायरमा मनाईएको बुद्ध जयन्ति कार्यक्रमलाई नेपाली राजदूतावास बेलायत, बेलायती सांसदहरु, विभिन्न संघसंस्था र त्यसका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियाे । बुध्द ७० भन्दा बढी नेपाली संघसंस्थाहरु र एक दर्जन भन्दा बढी बेलायतबाट सञ्चालित सञ्चार माध्यमहरुले ऐक्यबद्धता रहेको सो कार्यक्रम को अवसरमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो शुभकामना संदेश समेत दिएका थिए  । नेपाली दूतावासमार्फत पठाईएको उक्त शुभकामना संदेशमा नेपाल(बेलायत बिचको सम्बन्धले २०० वर्ष पूरा गरेको सम्झना गर्दै प्रधानमन्त्री क्यामरुनले बुद्धको जन्मभूमी नेपाल लगायत विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई २५६०औं बुद्ध जयन्तीको शुभकामना दिएका हुन् । उक्त समाराेहमा  लन्डन मेयर सादिक खानले पनि आफू उपस्थित हुन नसकेको भन्दै शुभकामना शन्देश पठाएका थिए ।  भने शाे कार्यक्रममा नेपाली राजदुतावासका प्रतिनिधि, बेलायती सांसद वीरेन्द्र शर्मा, सांसद सीमा मलहोत्रा, कान्सिलरलगायत बुद्ध धर्म गुरु लामा पाल्देन तामाङ, संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । सोहि अवसर विशिष्ट अतिथिहरुलाई बुद्ध को मुर्ति उपहार प्रदान गरिनु का साथै बिश्व शान्ति , समृद्दी र समझदारीको कामना गर्दै भूकम्पमा परी ज्यान गुमाउनेहरुको समझनामा दीप प्रज्वलन समेत गरिएको थियो ।

विशेष