बुद्धको सन्देश विश्वमाझ फैलाउन सके मात्र नेपालको प्रतिष्ठा बढ्ने -प्रधानमन्त्री अाेली
काठमाडौँ ८ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको सन्देशलाई विश्वमाझ फैलाउन सके नेपालको प्रतिष्ठा थप बढ्ने भन्दै सबैलाइ लागी पर्न अनुराेध गरेका छन । जन्मस्थल लुम्विनीको विकासकोलागि सरकारले कुनै कसर बाँकी नराख्ने बताँउदै प्रधानमन्त्री अाेलीले । बुद्धको सन्देशलाई विश्वमाझ फैलाउन सके नेपालको प्रतिष्ठा र गाैरब थप बढ्ने विश्वास ब्यक्त गरेका छन ।
२५६० औं बुद्ध जयन्तीको अवसरमा लुम्विनीमा आयोजित विशेष समारोहमा धारणा राख्दै प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । बुद्धको जन्मस्थल लुम्विनीको विकासकोलागि सरकार गम्भीरतापूर्वक लागिपरिरहेको छ ।प्रधानमन्त्री अाेली भने विकासकोलागि कुनै कसर बाँकी राखीने छैन । लुम्विनी क्षेत्रवारे केही वर्षयता विश्वको ध्यान आकर्षित भएको बताउँदै प्रधानमन्त्री अाेलिले यस क्षेत्रमा विश्वको आकर्षण बढाउन धेरै काम गर्न बाँकी रहेको पनि स्पष्ट पारे ।
समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता दीगो शान्तिको प्रतीक्षामा रहेको भन्दै आजैका दिनदेखि सवै जिम्मेवार दलहरुले गम्भीरतापूर्वक सोँचे त्यो अभिलाषा पूरा हुने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो अवस्थामा नेपाली जनताले शान्ति र विकासको अपेक्षा गरेको भन्दै बुद्धका मार्गदर्शन अनुसरण गर्न सके सवैलाई प्रेरणा धारणा राखे ।
समारोहमा पयर्टन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद ढुङ्गानाले लुम्विनी क्षेत्रलाई विश्वकै प्रमुख धार्मिक गन्तव्यस्थल बनाउने योजना साकार पार्न सरकार लागि परेको बताउँदै त्यसकोलागि आवश्यक सहयोगको लागि चाैतर्फी आग्रह गरे ।