गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान हाे -राष्ट्रपति विद्यादेवी भण्डारी
लुम्बिनी, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताएकी छिन ।दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन पाउँदा गौरवान्वित महसुस भएको भन्दै बुद्ध भूमिका कला र ऐतिहासिक तत्वका संरक्षणमा सरकार र अन्य निकायलाई समेत ध्यान दिन आग्रह गरिन ।
[caption id="attachment_1737" align="alignnone" width="716"] कार्यक्रममा उपस्थीत दायाँबाट राष्ट्रपति बिध्यादेबी भन्डारी ,प्रधान्मन्त्री केपी शर्मा अाेली , प्रचन्ड , देउवा , लगाएतका अतिथिहरू[/caption]
बृहत लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयन गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्नेमा जोड दिदै । राष्ट्रपति भण्डारीले विश्वका बौद्ध धर्म मान्नेका लागि पावन भूमि लुम्बिनीमा एकपटक आउनैपर्ने बनाई लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जाेड दिइन ।
[caption id="attachment_1738" align="alignnone" width="758"] बुध्द जयन्तीका अबसरमा लुम्बीनीमा उपस्थीत बध्दका भिक्षुहरू[/caption]
शान्तिको महानायक सिद्धार्थ गौतमको उपदेश २५६० औँ वर्ष पहिलो जतिकै अहिलेको आक्रान्त विश्वका लागि उतिकै सान्र्दभिक रहेको र मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, देवदहलगायत सबै स्थान ऐतिहासिक महत्वको भएको हुँदा दीर्घकालीन रुपमा यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइन । राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा बुध्दले दिएका उपदेश ,मन, वचन र कर्मले पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरिन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सद्भाव र बुद्ध दर्शनको स्रोतको रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभरिका बौद्ध धर्मावलम्बीको पवित्रस्थलका रुपमा विकास गर्ने बताए । लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहानका रुपमा रहेकाले यसलाई सरकारले प्राथमिकता दिएर खास पवित्रस्थलका रुपमा विकास गर्नुपर्नेमा जोडदिए । सरकारको सम्पूर्ण ध्यान लुम्बिनीको विकासमा लागेको भन्दै प्रधानमन्त्री अाेलिले विश्वलाई एउटै सुत्रमा बाध्न सकिने ‘ग्लोबल बुद्धिष्ट फोरम’ बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय बुद्ध गोष्ठीले पारित गरेकामा खुसी व्यक्त गर्दै एकताबद्ध भएर सो क्षेत्रको विकास गर्नु पर्ने मा जाेड दिए।
। पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल,भारत र चीनबीचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन बुद्ध दर्शनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । २५६० वर्ष पहिले बुद्ध दर्शनको जति महत्व थियो त्यो महत्व र औचित्य अहिले झनै बढ्दै गएको उल्लेखगरे । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल एवम् बुद्धत्व प्राप्त गरेको विश्व शान्ति मुहान भएकाप्रति विश्वमा ४० बढी देशका बौद्धमार्गीले ऐक्यबद्धता जनाएकामा खुसी व्यक्त गरे ।
प्राेख्रेलले लुम्बिनीसहित भगवान् गौतम बुद्धसँग सम्बन्धित क्षेत्र कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह तथा नवलपरासीको रामग्राम क्षेत्रलाई एक साथ विकास गरिने प्रतिबद्धतासमेत जनाए । थाइल्याण्डका पर्यटनमन्त्री वाटटनभरन्गु एल कोब्कर्नले लुम्बिनीलाई विश्व शान्ति केन्द्रका रुपमा विकास गर्न थाई सरकार सधैँ तप्पर रहेको बताए ।
सो अवसरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेभिट क्यामरोन, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, संयुक्त राष्ट्र सङ्घका महासचिव वान–कि मुनले पठाएका शुभकामना सन्देश समेत वाचन गरिएको थियो । दुई दिनसम्म काठमाडौँमा भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले निकालेको निष्कर्षसहितको १० बुँदे काठमाडौँ–लुम्बिनी घोषणापत्र संस्कृतिमन्त्री पोखरेलले लुम्बिनीमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । १० बुँदे उक्त घोषणापत्रमा ‘ग्लोबल बुद्धिष्ट फोरम’ गठन गर्नेलगायत बुँदाहरू छन ।