News

बुद्ध जयन्ती मनाईदै गरेको स्थलबाट सीके राउतका २२ कार्यकर्ता पक्राउ

बुद्ध जयन्ती मनाईदै गरेको स्थलबाट  सीके राउतका २२ कार्यकर्ता पक्राउ
कपिलवस्तु ८ जेठ शनिबार दिउँसो लुम्बिनीमा बुद्ध जयन्ती मनाईदै गरेको नजिकैबाट सिके राउतका केहि कार्यकर्ता पक्राउ परेका छन ।  तराइका बिभिन्न जिल्लाबाट केन्द्रीत भएका कार्यकर्ताहरूले नजिकै शंकास्पद गतिबिधी  गरीरहेकाे अबस्थामा प्रहरीले समातेकाे बताइएकाे छ ।  पक्राउ पर्नेमा २२ जना कार्यकर्ताहरु रहेकाे स्थानीय प्रशासनले  बताएकाे छ  ।स्वतन्त्र मधेश  माग राख्दै अाएका सिके राउतका   २२ जना कार्यकर्ता लुम्बिनीबाट पक्राउ परेका हुन् । सिकेका स्थानीय प्रहरीका अनुसार कार्यक्रम स्थलमा स्वतन्त्र मधेशको नारा लगाएर अवस्था विगार्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।कार्यक्रममा गठबन्धनका कार्यकर्ताहरुले स्वतन्त्र मधेश जिन्दावाद, सीके राउत जिन्दावाद जस्ता नारा लगाएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बाँके र रुपन्देही जिल्लाका संयोजकहरु पनि रहेका छन् । Lumbini1 पक्राउ पर्ने सिके राउतका कार्यकर्ताहरु विजय यादव, नवलपरासी विजय यादव, रुपन्देही भगवान बनिया, रुपन्देही सुर्दशन लोहार, रुपन्देही विजय लोध, रुपन्देही इनअहमद, बाँके जिल्ला संयोजक भुपेन्द्र यादव, रुपन्देही जिल्ला संयोजक राकेश गुप्ता, रुपन्देही धर्मेन्द्र गुप्ता, रुपन्देही लिलाप्रसाद पाल, रुपन्देही प्रकाश पासवान, रुपन्देही रामभवन हरिजन, कपिलवस्तु चन्द्रशेखर सुनार, रुपन्देही इन्साफ, बाँके दिलिप यादव, रुपन्देही छन् । अन्यको नाम आउन बाँकी ।

विशेष