असार ५ गते राष्ट्रिय भेला गर्दै बैद्य माओवादी
काठमाडौं ९ जेठ नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले आगामी असार ५ गते राष्ट्रिय भेला आयोजना गर्ने निणर्य गरेको छ । पार्टीको गत बुधबारदेखि शुक्रबारसम्म बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । पार्टी अध्यक्ष मोहन बैद्यले भने, ‘राष्ट्रिय भेला क्रान्तिकारीका लागि कोसेढुंगा हुनेछ ।’
महासचिव रामबहादुर थापालगायतका विभिन्न गुटसँग पार्टी एकताका नाममा गरिएको आत्मसमर्पण कार्यले कम्युनिस्ट आन्दोलनमा क्षति पुगे पछि त्यस्तो कार्यविरुद्ध भेला अन्त्यन्त महत्वपूर्ण हुने दाबी वैद्यले गरे ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।