काठमाडौँमा अन्तर्राष्ट्रिय गणित सम्मेलन हुंदै
काठमाडौंमा चार दिने अन्तराष्ट्रिय गणित सम्मेलन हुंदैछ । नेपाल, अमेरिका, भारत, श्रीलंका, जमर्नी, बेलायत, कोरिया, पोर्चुगल, ताइवान, मलेसीया, दक्षिण अफ्रिका, टर्की, हङकङ, बङ्ग्लादेश र चेक गणतन्त्रबाट २०० भन्दा बढी गणित वैज्ञानिक सहभागी हुने बताइएको छ । नेपाल गणित समाज, अमेरिकामा रहेका नेपाली गणितज्ञको संगठन, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको गणित शाखाको संयुक्त आयोजनामा जेठ १३ देखि १६ सम्म अन्तराष्ट्रिय गणित सम्मेलन हुन लागेको हो । नेपाल एकेडेमी अफ टुरिज्म एण्ड मेनेजमेन्ट (नाथम) मा आयोजना हुने सम्मेलनमा १३९ कार्यपत्र प्रस्तुत हुने छ । सो सम्मेलनले नेपालमा गणितको अनुसन्धानलाई टेवा पु¥याउनुका साथै सम्भावित सहकार्यलाई जोड दिइने आयोजक समितिका सदस्य जीबन काफ्लेको भनाइ छ ।