अमेरिकी राष्ट्रपति ओबामा साताव्यापी एसिया भ्रमणमा
जेठ, ९ वासिङ्टन, अमेरिकी राष्ट्रपति बाराक ओबामा सुरक्षा तथा अर्थतन्त्रको सुधारको सहकार्य जुटाउनसाताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्नुहुने बताइएको छ ।
अमेरिकी राष्ट्रपति ओबामा पहिलो तीन दिन भियतनाम रहनु हुनेछ । त्यहाँ रहँदा भियतनामी उच्च नेतृत्वसँग भेट गर्नुका साथै अमेरिका–भियतनाम सम्बन्धबारे सम्बोधन गर्नुहुनेछ । भियतनाममा रहँदा ओबामाले त्यहाँका नागरिक समाजका अगुवा तथा व्यवसायीसँग पनि ओबामाले भेट्ने कार्यक्रम छ ।
भियतनामपछि अमेरिकी राष्ट्रपति जापानमा हुने सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा भाग लिन जानुहुनेछ । ओबामाले जापानको हिरोसिमाको ऐतिहासिक भ्रमणसमेत गर्ने कार्यक्रम छ ।
अमेरिकाले पहिलो आणविक बमलाई जापानको हिरोसिमामा सन् १९४५ को अगस्ट ६ मा खसाल्दा करिब ७० लाख जापानीहरुको मृत्यु भएको उक्तस्थानमा त्यसपश्चात् कुनै पनि अमेरिकी राष्ट्रपतिले राष्ट्राध्यक्षका रुपमा भ्रमण गरेका छैनन् । एपीलाई उदृद्ध गर्दै राससले लेखेको छ ।