बन्दुकधारीको अन्धाधुन्द गोलीबाट दुईको हत्या ११ घाइते
जेठ ९, अष्ट्रिया, अष्ट्रियाको पश्चिमी प्रान्तको निन्जिङ शहरमा सांगीतिक कार्यक्रममा एकजना बन्दुक धारीले अन्धाधुन्द गोली चालउँदा २ जनाको घटना स्थिलमा नै मारिएका छन् । अन्य ११ घाइते भएका छन् ।
[caption id="attachment_1839" align="alignnone" width="750"] Agency[/caption]
उक्त गोली काण्ड अष्ट्रियाको दोस्रो चरणको राष्ट्रपति चुनावको केही समय अगाडि भएको हो । तर यो हत्या काण्डको राष्ट्रपति चुनावसँग कुनै सम्बन्ध नभएको बताइएको छ ।
उक्त घटना पछि २७ वर्षीय बन्दुकधारी आफूलाई गोली हानेका थिए । घाइते मध्ये केहीको अवस्था चिन्ता जनक रहेको बताइएको छ । एजेन्सी