News

मनकामना गणमा बम पड्किँदा आठ घाइते दुईको अवस्था गम्भीर

मनकामना गणमा बम पड्किँदा आठ घाइते दुईको अवस्था गम्भीर
जेठ, ९, तनहुँ, भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । [caption id="attachment_1843" align="alignnone" width="299"]images File Picture[/caption] तालिमका क्रममा अकस्मात् ग्रिनेड बम पड्किँदा एक सशस्त्र प्रहरी हबल्दारसहित सातजना घाइते भएका हुन् । सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक हबल्दार प्रेमबहादुर थापाको अवस्था गम्भीर रहेको घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । विस्फोटमा परी सशस्त्र प्रहरी हबल्दार चौधरीको दुवै हातको पञ्जा गुमेको बताइएको छ । सशस्त्र सहायक हबल्दारहरु शोभाखर रिजाल, प्रेमसिं बोहरा, दीपक खड्का, होम राना, वीरेन्द्र चन्द र प्रेम घर्तिमगर घाइते भएका हुन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडाँै पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गुरुङले बताउनुभयो । रासस

विशेष