आज बस्ने माओबादी (केन्द्र)को बैठकका एजेन्डा यस्ता छन् (भिडियो सहित)
जेठ, ९, माओबादी पार्टीको एकीकरण भएसँग बनेको माओबादी केन्द्रको महाजम्वो टोलीको बैठक बत्तिसपुतली स्थित पार्टी प्यालेसमा बस्दै छ । सामान्यतया राजनीतिक दलको केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालयमा बस्छ । तर, नेकपा माओवादी केन्द्रको हकमा भने उल्टो देखियो । केन्द्रको बैठक अब पार्टी प्यालेसमा चलिरहेका छ । ६९९ सदस्य रहने समितिको बैठक गर्न केन्द्रीय कार्यालयमा उचित ठाऊं छैन । आजको बैठकले पार्टीको भावी कार्यदिशा निर्देश गर्ने बताइएको छ ।
१. पार्टीको भावी योजना र रणनीति तय गर्न ।
२. सांगठनिक र आन्तरिक विषयमा छलफल गर्न ।
३. विगतमा पार्टीले उठाएको एजेन्डाको विषयमा समिक्षा गर्न ।
४. जनताको विचमा पार्टी एकताको सन्देश दिन ।
५. राजनीतिक विषय तथा संकटको बारेमा पार्टीको धारणा निर्माण गर्न ।
६. आजको बैठकबाट महाधिवेशनको टुंगो लगाउन । आन्दोलनको आवश्यकता र सबैको कार्यकताको भुमिकालाई सम्मान गर्न केन्दीय समिति ठूलो भएको पोलिट व्यूरो सदस्य काली बहादुर मल्लले बताए । दिउसो १ बजेका लागि बैठक डांकिएको भए पनि नेताहरुको तह र कार्य विभाजन मिलाउन शीर्ष नेताहरु व्यस्त रहेकाले बैठक केही बेर ढिला गरी ४ बजेबाट बस्ने बताइएको छ । अध्यक्षमा प्रचण्ड सर्वसम्मतले निर्वाचित भएपनि अन्य पद र नेताहरुको बरियता निर्धारण भइसकेको छैन । यता अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालले यस प्रति असन्तुष्ट रहेको बताएकी छन् आफ्नो फेसबुकमा स्टेटस लेख्दै असन्तुलित केन्द्रीय समितिमा आफूलाई नराख्न आग्रह पनि गरेकी छन् ।