विदेश

बग्दादमा विस्फोट, १३ को मृत्यु दर्जनौँ घाइते

बग्दादमा विस्फोट, १३ को मृत्यु दर्जनौँ घाइते
जेठ, ९, बग्दाद, इराकको राजधानी नजिकै रहेको एक नहरवान क्षेत्रमा इस्लामिक स्टेट समूहले गरेको बम विस्फोटमा परी १३ जना सर्वसाधारणको ज्यान गएको समाचार छ । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । हत्याको जिम्मेवारी पनि आईएसले नै लिएको जनाइएको छ । [caption id="attachment_1857" align="alignnone" width="643"]Anti-government protesters carry a man injured during the storming of Baghdad's Green Zone in Iraq May 20, 2016. REUTERS/Khalid al Mousily Reuters[/caption] बग्दादको नहरवान क्षेत्रमा रहेको खाद्यान्न बजारमा नागरिक जम्मा भएको समयमा विस्फोटक पदार्थले भरिएको एक ट्रक लगेर ठोक्काइएको थियो । उनीहरूलाई आईएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ । सो समाचारमा दिइएअनुसार आइतबार बिहान आइएसले यस बजारस्थलमा विस्फोट गराएका थिए । गत हप्ता पनि सोही क्षेत्रमा यस्तो विस्फोट गराइएको थियो । इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृङ्खला बढेको छ । यसै हप्तामात्र बग्दाद र नजिकको क्षेत्रमा भएको बम हमलाहरूमा परी कम्तीमा पनि १८० जनाको ज्यान गइसकेको छ । त्यसमा परी अरु दर्जनौँ व्यक्ति गम्भीर रूपमा घाइते भएका थिए । सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एक पटक हिंसाको चपेटामा फसेको छ । एपीलाई उल्लेख गर्दै राससले लेखेको छ ।

विशेष