काँग्रेसमा रामलिला गाेलचक्करमा देउवा
काठमाडौं, ९, जेठ नेपाली कांग्रेसमा विधान अनुसार पदाधिकारी मनोनयन नहुँदा बिबाद चुलिएकाे छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपथग्रहण भएको दुई महिना भित्र रिक्त पदाधिकारी मनोनयन गरिसक्नु पर्ने वैधानिक ब्यवस्था भएपनि हाल सम्म नहुँदा सभापति शेर बहादुर देउवा गाेलचक्करमा फसेका छन ।
सभापति देउवालाई पदाधिकारी मनोनयन फलामको चिउरा सरह भएको छ । आफूलाई सभापति निर्वाचित गराउन निर्णायक भुमिका खेल्ने खुमबहादुर खड्का कुनै हालतमा उपसभापति आफू हुनु पर्ने लबिङमा छन । भने सभापति देउवाका दीर्घकालीन सहयोगी बिमलेन्द्र निधिलाई सभापति नबनाए देउवा यसै शक्तिहीन हुने खतरा त्यतीकै छ । त्यसैले पनि देउवा गाेलचक्करमा देखीएका छन ।
बिधान अनुसार एक सभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक पार्टी प्रवक्ता मनोनयन गर्नु पर्नेछ । तर, त्यसका लागि एक दर्जन नेताहरु आकांक्षी छन् । सभापति देउवाले खुमबहादुरको चासो समेट्न सकेनन भने केन्द्रीय कार्यसमितिमा उनि स्पष्ट अल्पमतमा पर्ने छन ।
यसअघि सभापति सुशील कोइरालालाई जुन गतिहीनताको आरोप लगाएर देउवाले आफ्नो राजनीतिक शाख विस्तार गरेका थिए अहिले देउवा त्यही ठाउँमा उभिन बाध्य छन । ।
खड्का निकटका ७ जना केन्द्रीय सदस्य निर्वाचित नै भएका छन् भने सांसदमा पनि खड्काको राम्रो पकड छ । उता निधिलाई मनोनित गरेनन भने देउवा संगठनमा आफ्नो भरपर्दो सहयोगी गुमाउने अवस्थामा पुग्ने छन ।
यस्तै महामन्त्रीमा लामो समय देखी देउवालाई सघाउँदै अाएका नेता पूर्णबहादुर खड्का प्रवल दाबेदार देखीएका छन । यसअघि पनि सुशील कोइराला नेतृत्वको कार्यसमितिमा देउवाको कोटाबाटै सहमहामन्त्री बनाइएका खड्का महामन्त्रीको स्वभाविक दाबेदार हुन ।
तर, वालकृष्ण खाँड, प्रकाशशरण महत, एनपी साउद लगायत नेताहरु पनि महामन्त्रीका दाबिमा छन । महाधिवेशनमा रामचन्द्र पौडेलको क्याम्पबाट शेर बहादुरतिर तानीएका नेता केबी गुरुङ, फर्मुल्लाह मन्सुर लगायतका नेताहरुको ब्यवस्थापन पनि देउवाका लागि निक्कै चुनौतीपूर्ण छ ।
पदाधिकारी मनोनयनका लागि विधानले तोकेको अवधी पूरा भए पनि देउवाले तत्काल मनोनयन गर्न सक्ने स्थीती देखिएको छैन । अमेरिका भ्रमणबाट फर्केका वरिष्ठ नेता पौडेलसँग सल्लाह गरी मनोनयन गर्ने र केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने वताइए पनि बैठक अहिलेसम्म बाेलाइएकाे छैन ।