News

यस्ता छन एमाओबादी भित्रका रोचक प्रसंगहरू

यस्ता छन एमाओबादी भित्रका रोचक प्रसंगहरू
काठमाडौँ ,९ ,जेठ दिनको मध्यानह हुदै थियो बिभिन्न समुहबाट भित्रीएका नेताहरूको उपस्थीती बाक्लीदै थियो । मानौँ यहाँ कुनै जात्रा लाग्दैछ । आ आफना समुहमा नेताहरू शुभकामना आदान प्रदान गरीरहेका देखिन्थे। बिस्तारै उपस्थीती बढदै थियो । mawoist-baithak-3 सिनिएर नेताहरू समयमा उपस्थीत नहुँदा एक बजे भनिएको बैठक करीब चार बजे सुरू भयो त्यतीन्जेल अलपत्र परेकाहरू पास लिदै हल भित्र प्रबेश गर्दै थिए । गेटमा चेकीङमा बसेका गाडहरूलाइ पनि अप्ठेरो परिरहेको थियो । गाडहरू को सिसिएम हुन को होइनन भन्ने कुरामा अलमलमा देखिन्थे  जात्रा बढीरहेको थियो । बल्ल प्रचन्ड ,बादल ,नारायणकाजीहरूको उपस्थिति भयो पौने चार बजे बतिसपुतलीको अनुपम पाटि प्यालेसको हल भरीयो । हल भरीएर झयाल समेत खालीरहेनन । संधै पाटी कार्यलयमा बस्ने बैठक पाटी प्यालेसमना भयो तर त्यही पनि केन्द्रीय सदस्यहरूनअटाएर झयालबाट हेर्नु पर्ने स्थीती पैदा भयो । केही केन्द्रीय सदस्यहरू झयालबाट हेरीरहेका देखिन्थे । बैठक शुरू भयो पाटी एकीकरण पछिको पहिलो बैठक परीचय अनिवार्य हनु अस्वभाबिक थिएन । धेरै केसहरूको मनसाय परिचयात्मक हुन्छ होला भन्नेमा थियो तर भइदियो उल्टो । अध्यक्ष प्रचन्डले नै एलान्स गरेर भनीदिए पुरै परिचय गर्न ११ घन्टा लाग्ने भएकोले समयको अभाबले गर्दा परीचय आ आफनै प्रान्तहरूमा गर्ने उर्दी जारी गरे । परिचय समेत नगरेर शुरू भयो केन्द्रीय समितिको बैठक अझ प्रचन्डकाे भनार्इ त यस्ताे थियाे कि इच्छा भएका जतिसबैलाइ केन्द्रीय सदस्य बनाउने र पार्टी भित्रकाे असुन्तस्टीलार्इ हल पुरै हल गर्ने  । प्रचन्ड पुत्री रेणु दाहालले समेत असन्तुस्टी पाेखीरहेका बेला इच्छा भएका जति सबैलाइ केन्द्रीय सदस्य बनाइदिन्छु भन्ने प्रचन्डकाे भनाइलाइ   रहस्यपुर्ण ढंगले  लिइएकाे पाइएकाे छ ।

विशेष