News

आर्थिक विकासका लागि चारतारे लोकतान्त्रिक चौतारी अभियान

आर्थिक विकासका लागि चारतारे लोकतान्त्रिक चौतारी अभियान
जेठ, १०, बैतडी, नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीले चारतारे लोकतान्त्रिक चौतारी अभियान सुरु गरेको छ । [caption id="attachment_1945" align="alignnone" width="300"]nepali-congress-flag File Picture[/caption] सधैँभरि राजनीतिका कुरा मात्र गरेर नहुने भन्दै नागरिकसँग आर्थिक समृद्धि, विकास निर्माण र लोकतान्त्रिक पद्धतिका विषयमा बहस गर्नका लागि अभियानको थालनी गरिएको नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीका सचिव वीरबहादुर विष्टले बताउनुभयो । पार्टीको सङ्गठनलाई चुस्त दुरुस्त बनाउने, आर्थिक विकासका लागि स्थानीयस्तरका सम्भावनाको खोजी गर्नेछ उहाँले भन्नुभयो– “ती सम्भावनाहरुको प्रयोगका विषयमा छलफल गर्ने तथा लोकतान्त्रिक पद्धतिका विषयमा बहस गरिनेछ ।” यसका साथै प्रत्येक गाविसमा सञ्चालनमा आएका योजनालाई प्रभावकारी र पारदर्शी बनाउन अपनाउन सकिने रणनीतिका विषयमा पनि अभियानको दौरानमा छलफल हुने उहाँले बताउनुभयो । सोमबारदेखि पाटन नगरपालिकाका वडाहरुमा चारतारे लोकतान्त्रिक चौतारी अभियान सञ्चालन हुने बताइएको छ । बैतडीका ५६ वटै गाविस र दुईटै नगरपालिकाका प्रत्येक वडामा अभियान सञ्चालन हुने भएको छ । रासस

विशेष