News

घुसको रकम सहित प्राविधिक कुशैत पक्राउ

घुसको रकम सहित प्राविधिक कुशैत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत प्राविधिक सहायक बिरेन्द्र कुमार कुशैतलाई ४० हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । prisoner-jail जिल्ला शिक्षा कार्यालय सप्तरीमा कार्यरत प्राविधिक सहायक बिरेन्द्र कुमार कुशैतले अन्तर–जिल्ला सरुवा जान अनुमतिको लागि पीडितसँग घुस मागेका थिए ।

बिरेन्द्रले घुस मागेको भन्ने उजुरी आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय ईटहरी उनलाई पक्राउ गरेको हो । आयोगको टोलीले घुस बापत रु. ४० हजार लिईसकेको अवस्थामा प्राविधिक सहायक बिरेन्द्र कुमार कुशैतलाई जिल्ला सप्तरी राजविराज न.पा. ०८ भट्टाटोल स्थित निजको कोठाबाट रङ्गेहात पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको छ जनाएको छ ।  

विशेष