विदेश

विद्यालयको छात्रावासमा आगलागी, १७ को मृत्यु पाँच घाइते

विद्यालयको छात्रावासमा आगलागी, १७ को मृत्यु पाँच घाइते
जेठ, १०, बैंकक, उत्तरी थाइल्याण्डस्थित एक विद्यालयको आवासीय भवनमा आगो लाग्दा त्यसमा रहेका १७ जना बालिकाको ज्यान गएको समाचार छ । [caption id="attachment_1980" align="alignnone" width="600"]fire-crop1 File Photo[/caption] सो विद्यालय कन्या विद्यालय हो । उक्त विद्यालयमा अध्ययन गर्ने बालिका बस्ने गरेको भवनमा आइतबार राति आगो लागेको थियो । त्यसमा परी १७ जनाको ज्यान जानुका साथै अरु पाँचजना जलेर घाइते भएका छन् । साथै आगो लागेर भवन भत्किँदा त्यसमा रहेका दुई जना बालिका अझै हराएको समाचारमा जनाइएको छ । उत्तरी थाइल्याण्डको जियाङ राइ भन्ने स्थानमा सो विद्यालय रहेको छ । सोमबार थाइल्याण्डको एक पत्रिकाले सो समाचार दिएको छ । आइतबार राति करिब ११ बजे उक्त भवनमा आगो लागेको थियो । आगोमा जलेर मृत्यु भएका बालिका १० देखि १२ वर्षसम्मका रहेका छन् । उक्त बोडिङ् स्कुलमा ३८ जना बालिका अध्ययनरत रहेका छन् । उनीहरु थाइल्याण्डको जियाङ माइ गाउँबाट अध्ययनका लागि यहाँ आएका हुन् । आगोको मुस्लो बढेपछि त्यहाँ रहेका बालिकालाई उद्वारकर्मीले पनि उद्वार गरी बाहिर ल्याउन सकेका थिएनन् । आगो लाग्नुको कारण थाहा हुन सकेको छैन । त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । तर प्रारम्भिक अनुसन्धानमा पाइएअनुसार विद्युतीय गडबडीका कारण राति अकस्मात आगो लागेको पाइएको छ । रासस

विशेष