News

अब देशलाई निकास दिन्छौँ ः नेता पौडेल

अब देशलाई निकास दिन्छौँ ः नेता पौडेल
  जेठ , १०, नवलपरासी,  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र मधेसवादी दलबीच आन्दोलनको समन्वय गर्ने काम अब नेपाली काँग्रेसको काँधमा आएको बताउनुभएको छ  । [caption id="attachment_1983" align="alignnone" width="800"]Nepali Congress President Ram Chandra Paudel speaks at the House meeting, on Sunday, November 8, 2015. Photo: RSS File Photo[/caption] आज रिपोर्टर्स क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रम बोल्दै नेता पौडेलले भन्नुभयो – “आन्दोलनरत पक्ष र सरकारबीच वार्ता अब काँग्रेसले मिलाउँछ ।” सो अवसरमा नेता पौडेलले सरकारले जनतामुखी काम गर्न नसकेको बताउँदै पहिला संविधान निर्माणमा अगुवा बनेको काँग्रेस अब संविधान कार्यान्वयनको काममा पनि अगुवा बन्नेछ  । सरकारले अहिले घोषणा गरेका स्थानीय निर्वाचनको कुनै औचित्य नभएको बताउँदै नेता पौडेलले देश सङ्घीयतातर्फ उन्मुख भएकाले पुरानै गाविस वा नगरपालिका नभई सङ्घीयताका आधारमा  गाउँपालिका, नगरपालिकाअनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गर्नुभयो । देशमा देखिएका विभिन्न समस्या समाधान गर्ने काममा अब  काँग्रेस अघि बढ्ने विचार राख्दै नेता पौडेलले अब देशलाई निकास दिन काँग्रेसले संविधान कार्यान्वयनका साथै लोकतन्त्र संस्थागत गर्न अघि बढ्ने विचार राख्नुभयो । रासस

विशेष