News

पत्रकार महासंघले बुझायो सरकारलाइ ध्यानाकर्षण पत्र

पत्रकार महासंघले बुझायो सरकारलाइ ध्यानाकर्षण पत्र
काठमाडाैँ १० जेठ नेपाल पत्रकार महासंघले पत्रकार तथा सञ्चार क्षेत्रले थोग्नु परेका समस्या समाधान गर्न माग गर्दै सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले आज सञ्चारमन्त्री शेरधन राईलाई ध्यानाकर्षण पत्र बुझाएका छन । nepal-patrakar विगतदेखि नै नेपाली सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले भोग्दै आएका समस्या समाधान गर्न ध्यानाकार्षणमात्रमा माग गरिएको छ । ध्यानाकार्षण पत्र बुझ्दै सञ्चारमन्त्री राईले आगामी बजेटले अधिकांश समस्याको समाधान गर्ने जानकारी दिए  ।  मन्त्री परिषद्ले पारित गरिसकेको श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू हुनेमा ढुक्क रहन आग्रह गरे  । महासंघका अध्यक्ष विष्टले महासंघले विगतदेखि औपचारिक तथा अनौपचारिक रुपमा उठाएका विषयहरु पनि सम्बोधन गर्न माग गरे  ।

विशेष