माओवादी केन्द्रको कार्यालयमा निष्क्रिय र कनिष्ठ पनि
काठमाडौँ ११ जेठ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को एकता प्रक्रिया पूरा गर्नका लागि ९ जना कार्यालय संयोजन समिति बनाइएको छ ।आजको समयाबद्व साप्ताहिकमा खबर छ– पार्टी अध्यक्ष ‘प्रचण्ड’, बरिस्ठ नेता रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, मणि थापा, मात्रिका यादव यसमा रहने भएका छन् ।
यसैगरी विप्लव माओवादीबाट अलग भएर एकता प्रक्रियामा जोडिएका तिलक परियार निकै कनिष्ठ भएर पनि संयोजन समितिमा परेका छन् । एकता प्रक्रियालाई पूर्णता दिन कनिष्ठ हँदाहुँदै तत्काल समेटिएको एक नेताले बताए ।
त्यस्तै ड्यास माओवादीबाट अलग भएर विप्लव माओवादीमा सुरुवातमा लागेकी तर पछि पार्टी फुटबाट निराश हुँदै पार्टी, आन्दोलन र नेतृत्वलाई आलोचना गर्दै पार्टी र आन्दोलनबाट बाहिरिएर विभिन्न व्यवसायमा जोडिएकी इमान्दार छविकी नेतृ जयपुरी घर्तीलाई पनि संयोजन समितिमा राखिएको छ ।
माओवादी केन्द्रमा छ सय ९९ जना केन्द्रीय सदस्य बनाइएको छ । यसबाट ४९ जना स्थायी सदस्य र एक सय ५१ जना पोलिटब्युरो सदस्य एक हप्तामा चयन गरिने भएको छ ।
प्रवक्तामा भुसाल
माओवादी केन्द्रकी वरिस्ठ नेतृ पम्फा भुसाललाई प्रवक्तामा चयन गरिएको छ । ड्यास माओवादी हुँदै क्रान्तिकारी माओवादीमा समेत भुसाल प्रवक्ता थिइन् । बाबुराम भट्टराईपछि संयुक्त जनमोर्चा नेपालकी अध्यक्ष बनेकी भुसाल माओवादी आन्दोलनको मात्र होइन नेपालको समकालीन महिला नेतृहरुमध्येमै एक नम्बरमा आउने नाम हो ।
माओवादी केन्द्रले भुसाललाई प्रवक्तामा ल्याएर सकारात्मक सन्देश दिएको छ । सक्षम महिला नेतृ भुसाललाई पार्टीकै महत्वपूर्ण कार्यकारी पदमा ल्याउनुपर्ने माओवादी केन्द्रका युवा नेता जनार्दन शर्मा बताउँछन् । उनले भुसाललाई महासचिव बनाउनुपर्छ भन्दै मत राखेका थिए ।
एमाले, कांग्रेससमेत सहमत भएर राष्ट्रपति, सभामुख र प्रधान न्यायधीशमा महिलालाई अगाडि सारेको सन्दर्भमा यो मुद्धालाई स्थापित गर्ने माओवादीले वरिस्ठ नेतृ भुसाललाई पार्टीको महत्वपूर्ण कार्यकारी पदमा राखेको भए थप सकारात्मक सन्देश जाने राजनीतिक विश्लेषकहरुको ठहर छ ।