पीडित टहरामै, सिईओ विदेश
काठमाडौं ११ जेठ भूकम्पले घर पूर्ण रूपमा क्षतिग्रस्त भएका पाँच लाख भन्दा बढी परिवार अझै पनि टहरा र त्रिपालमुनी बस्न बाध्य छन् ।यसवर्षको मनसुनसमेत सुरू हुने बेला भइसक्यो, वर्षायाममा टहरा र त्रिपालले कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितलाई सताइरहेको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
[caption id="attachment_2011" align="alignnone" width="840"] फाेटाे फायल[/caption]
भूकम्पपीडितलाई वर्षायाम अगाडिनै पक्की घर निर्माण गर्न अनुदान रकम वितरण र प्राविधिक सहयोग गर्नुपर्ने पुनर्निर्माणका सिईओ सुशील ज्ञवाली कहाँ छन् उनको कार्यालयका कर्मचारीलाई समेत थाहा छैन ।
‘भूकम्पपीडितहरुको घर पुननिर्माण गराउन अहोरात्र खटिनुपर्ने सिईओ विदेश सयरमा हुनुहुन्छ भन्ने सुनेको छु,’ प्राधिकरणका एक अधिकारीले भने ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरमात्र होइन सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य संस्था र पुरातात्विक सम्पदाको पुनर्निर्माणको ठोस योजना समेत बनाउन सकेको छैन ।