News

सत्ता टिकाउन ऐन संशोधनको खेल

सत्ता टिकाउन ऐन संशोधनको खेल
काठमाडौं ११ जेठ सरकाले प्रमुख सत्ता साझेदार नेकपा एमाले र माओवादीबीच गठबन्धन बलियो पार्न बैशाख २३ गते भएको नौ बुँदे सम्झौता अनुकुल ऐन नै संशोधनको तयारी गरेको छ । सरकारगठ कानुन मन्त्रालयले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन सम्बन्धी ऐन २०७२ संशोधन बिधेयक मस्यौदा गरी गृह मन्त्रालय पठाएको छ । गृहको सुझाब समावेश गरी कानुनले त्यसलाई मन्त्रिपरिषद पेस गर्नेछ ।आजको नागरिक दैनिकमा खबर छ । मन्त्रिपरिषदले सहमति जनाएपछि संशोधन प्रस्ताव संसदमा पेस भई पारित गर्ने तयारी छ । स्रोतका अनुसार संशोधन मस्यौदा सर्वोच्च अदालतको फैसला र अन्तराष्ट्रिय मापदण्डविपरीत जघन्य अपराधमा दोषीलाई उन्भुक्ति दिन प्रेरित छ । मन्त्रिपरिषद उच्चस्रोतका अनुसार दुई दलबीच भएको सम्झौता कार्यान्वयनका लागि ऐन संशोधन प्रक्रिया तोकिएकै समयमा अघि बढाइएको हो ।

विशेष