मोदीका नाममा आएका साइकल थन्किए
काठमाडौं ११ जेठ भारतीय राजदूत रञ्जित रेले समय नदिएपछि दलित र विपन्न छात्रालाई प्रोत्साहन स्वरुप प्रदान गर्न लागिएको पाँच सय साइकल थन्किएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
भारतीय राजदूतावासको सहयोगमा जिल्ला विकास समिति धनुषामार्फत खरिद गरिएको २८ लाख ४० हजार मूल्यको साइकल वितरण भएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने क्रममा तराईका ग्रामीण भेगका दलित र विपन्न छात्रालाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गर्ने बताएका थिए । सोही अनुरुप जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ग्रामीण भेगका विद्यालयमा दलित र जेहेन्दार छात्रा छनोट गरिएको र पाँच सय छात्रालाई साइकल उपलब्ध गराउने मोदीको योजना असफल भएको छ ।