News

काठमान्डौंमा बालिकाको यौन व्यवसाय

काठमान्डौंमा बालिकाको यौन व्यवसाय

काठमाडाैँ ,११ ,जेठ राजधानीमा भन्डै दुई हजार बालिकालाई यौन व्यवसायमा लगाउने गरेको पाइएको छ । केन्द्रिय बालकल्याण समितिले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालिकालाई ग्राहकलाई यौनसेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरेको हो ।

१३ हजार महिला मनोरञ्जन व्यवसायमा कार्यरत केन्द्रिय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमान्डौं उपत्यकामा ११ हजार देखि १३ हजार महिला मनोञ्जन व्यवसायमा संलग्न रहेकोमा त्यसको एकतिहाइ १८ बर्ष मुनिका बालिका रहेको जानकारी दिए । काठमान्डौंका डान्सबार, रेस्टुरेन्ट, क्याबिन, दोहोरीसाँझ, भट्टीपसल, खाजाघर, चियापसल, मसाज, पार्लर, स्पा प्लेस लगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ ।

९३ प्रतिशत महिला यौन दुव्र्यवहार सहन बाध्य बालकल्याण समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामको क्रममा यौन व्यवहार सहन बाध्य हुने गरेको जनाएको छ । समितिले देशका विभिन्न स्थानमा ३२ हजारभन्दा बढी नेपाली युवती यौन व्यवसायमा संलग्न रहेको समेत जानकारी गराएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अनुसार काठमान्डौं उपत्यकामा रहेका मनोरञ्जन उद्योगमा कार्यरत महिला बेचबिखनको उच्च जोखिममा छन् ।

ठमेल क्षेत्रका ८० प्रतिशत मसाज पार्लरलमा यौन धन्दा राजधानीको ठमेल क्षेत्रमा मात्रै एक सय २५ वटा मसाज पार्लर संचालनमा छन । ती मध्ये ८० प्रतिशतमा यौन व्यवसाय हुने गरेको समेत समितिले जनाएको छ । यस्तै, करिब २५ हजारको संख्यामा डान्स तथा क्याबिन रेस्टुरेन्ट सञ्चालनमा छन् । ती मध्ये अधिकांशमा महिला तथा बालबालिका कार्यरत छन् । समितिका कार्यकारी निर्देशक धितालले यौन व्यवसायमा संलग्नबारे एकीकृत तथ्यांकको अभावमा रहेकाले यो संख्या अझै बढ्न सक्ने बताए ।

यौनशोषणमा संलग्नलाई कारबाही गर्नुपर्ने माग व्यवस्थापिका– संसदको महिला तथा बालबालिका समितिका सांसदले बालबालिकामाथि निकृष्ट रुपमा यौन शोषण भइरहेको पाइएकाले त्यस्तो अमानविय कार्य रोक्न सबै पक्षको एकिकृत भूमिका आवश्यक रहेको बताए । केन्द्रिय बाल कल्याण समितिले सोमबार गरेको ‘बालबालिका माथि हुने यौन शोषण विरुद्धको अभियान’ कार्यक्रममा साँसद तथा सरोकारवालाहरुले बालबालिकालाई यौन व्यवसायमा लगाउनेलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । समितिकी सभापति रञ्जु कुमारी झा ले बालबालिकालाई यौन व्यवसायमा लगाउनेलाई तत्काल पक्राउ गरेर जेल हाल्न सरकारका निकायलाई निर्देशन दिइन् । बालकल्याण समितिका अध्यक्ष डिल्लीराम रेग्मीले बालिकालाई यौन शोषण गर्ने र गराउनेलाई कानुनी कठघरामा उभ्याइने गरी अप्रेसनको तयारी थालिएको जानकारी दिए ।

प्रत्येक बर्ष १२ सय बालिका बेचिन्छन् नेपालबाट हरेक बर्ष १२ सय बालिका तेस्रो मुलुक बेचिने गरेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले मानव तस्करहरुले साँस्कृतिक कार्यक्रम देखाउने भन्दै काठमान्डौंका रेस्टुरेन्ट र डान्स बारहरुबाट भारतको बाटो हुदै बालिकालाई तेस्रो मुलुक पु¥याउने गरेको जनाएको छ ।

विशेष