खोलावारि दुर्गम खोलापारि सुगम
हुम्ला, जेठ ११ कवाडी खोलापारिका प्रहरीले महिनाको भत्ता (तलबस्केल )बोहक ७ हजार बुझ्छन्। खोलावारीका प्रहरीको त्यही भत्ता १९ हजार रूपयाँ छ।
[caption id="attachment_2028" align="alignnone" width="640"] फाेटाे फायल[/caption]
कवाडी खोलाले छुट्याएको हुम्ला र बाजुरालाई १ सय ११ मिटर लम्बाईको झोलुंगे पुलले जोडे पनि दुई किनारामा रहेको प्रहरी र स्थानीय नागरिकले प्राप्त गर्ने सेवा र सुविधालाई भने राज्यको नीतिले जोड्न नसकेको खबर आजको अन्नपूर्णमा नवराज महतराले लेखेका छन्।
खोलापारि फैती ५ बाजुराकी ७१ वर्षिया सुन्तला मल्लले बृद्धभत्ता पाएको एक वर्ष मात्रै भयो । खोलावारि हुम्ला मैला ५ रामा माइत भएकी मल्लसँगै जन्मेका मैला २ हुम्लाका धनपति बुढाले भने बृद्धभत्ता खाएको ११ वर्ष भइसक्यो।
झण्डै २ घण्टाको दूरीमा रहेको फैती र मैलाको हरेक अवस्था एकै भए पनि सरकारले दिने सुविधामा बाजुराको नागरिकलाई सौतेनी व्यवहार गरेको अनुभव मल्लको छ।