सडकमा काम गरिरहेका दुई नेपालीको पहिरोमा पुरिएर मृत्यु
जेठ, ११, भारतको उत्तराखण्डस्थित सडक मजदुर काम गर्दै आएका दुई नेपालीको पहिलोमा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा बझाङ देउलीकोट–५ का २२ वर्षीय वीरेन्द्र बोहरा र देउलीकोटकै २४ वर्षीय मोहन बोहरा रहेका छन् । मृतकका आफन्त गणेश बोहराका अनुसार पिथौरागड जिल्लामा पर्ने रसैयापट्टा भन्ने ठाउँमा सडकमा काम गरिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको बताए ।
शुक्रबार सडकमा काम गरिरहेका बेला माथिबाट आएको पहिरोमा मृत्यु भएको भए पनि आफन्तलाई भने सोमबार मात्रै खबर भएको बताइएको छ । पहिरोे गएको ठाउँमा मृतक दुई नेपाली मात्रै काम गरिरहेका थिए । रासस