८५ वर्षको उमेरमा सम्बन्धविच्छेद मुद्दा
गोरखा, जेठ १२ गोरखा नगरपालिका ६ का ८५ वर्षीइ तिलकबहादुर खत्री सम्बन्धविच्छेदको मुद्दा बोकेर जिल्ला अदालत पुगेका छन्। २०७२ फागनु १२ गते गोरखा नगरपालिकामा दर्ता उक्त मुद्दा मिलापत्र हुन नसकेपछि अदालत पुगेको खबर आजको नागरिक दैनिकमा नरहरी सापकोटाले लेखेका छन्।
६३ वर्षीय श्रीमती आफूसँग नबसेको र बेढेसकालमा पालनपोषण्मा ध्यान नदिएको भन्दै खत्रीले उनीसँग सँगै बस्न नचाहेको बयान अदालतमा दिएका छन् ।आफ्नो शरीर थेग्न पनि लौरीको सहायता लिनुपर्ने बेलामा खत्री श्रीमतीसँग सँगै बस्न नसक्ने ठहर गर्दै अदालत पुगेका हुन्।
अहिले सम्बँन्धविच्छेद गर्न लागेको श्रीमतीसँग उनले २०६६ सालमा बिहे गरेका हुन् । श्रीमतीले पनि २०७२ साल मंसिरमा अंश मुद्दा दायर गरेकी छिन्। खत्री दम्पत्तीलाई मिलाउन नगरपालिकाले धेरै प्रयास गरे पनि मिल्न सकेनन्।