एमालेका वरिष्ठ नेताले भने - नेतृत्व नसच्चिए विस्फोट हुनसक्छ
काठमाडौं, १२ जेठ एमालेका वरिष्ठ नेताले अध्यक्ष केपी ओली नसच्चिए पार्टीमा रहेको उकुसमुकुस विस्फोट हुनसक्ने चेतावनी दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
अध्यक्ष ओली निरंकुश र अपारदर्शी ढंगले अघि बढेको उनीहरूको आरोप छ। मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार गरेको कार्यशालामा नेता माधव नेपालपक्षीय नेता तथा कार्यकर्ता राजधानीमा भेला भएका थिए।
उनीहरूलाई सम्बोधन गर्दै नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीको कार्यशैलीले पार्टी एकता कमजोर र गुटबन्दी बढेको भन्दै नेतृत्वको आलोचना गरे । उनीहरूले नेतृत्व चुन्ने विधि नै परिवर्तन गर्नुपर्ने धारणासमेत राखेका थिए ।
कार्यशालामा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारी, जनसंगठनका पदाधिकारीसहित चार सय ५० नेता–कार्यकर्ता सहभागी रहेको केन्द्रका महासचिव ठाकुर गैरेले जानकारी दिए।