विदेश

अफगान तालिवान नेता मुल्लाह मारिएको उनकै संगठनद्वारा पुष्टि

अफगान तालिवान नेता मुल्लाह मारिएको उनकै संगठनद्वारा पुष्टि
अमेरिकी सेनाको हवाई कारबाहीको क्रममा अफगानिस्तानको सशस्त्र विद्रोही संगठनका तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको तालिवान संगठनले पुष्टि गरेको छ । [caption id="attachment_2210" align="alignnone" width="556"]MullahAkhtarMansoor File Photo[/caption] उनीहरुले आफ्नो वेभसाइटमा मुल्लाह मारिएको समाचारको आधिकारिकताको समाचार राखेका छन् । मुल्लाह अमेरिकी हवाई कारबाहीको क्रममा पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार अमेरिकी सेनाले दिएको थियो । गतहप्ता भएको सो घटनाको पुष्टि हुन भने बाँकी थियो । उक्त समाचारको पुष्टि हुन बाँकी रहेको भनी अफगान सरकारले सुरुमा प्रतिक्रिया दिएको थियो । तर पछि लगत्तै उसले सो समाचारको पुष्टि गरेकोे थियो । तालिवान संगठनले अफगानस्तिानमा विगतका वर्षहरुदेखि सशस्त्र विद्रोह र हिंसा मच्चाइरहेका थिए । सो संगठनका मुख्य नेताको मृत्युको समाचार केही दिनयतादेखि विभिन्न सञ्चारमाध्यममा आएको थियो । अफगान तालिवानहरुको संगठनले भने आधिकारिक रुपमा उक्त समाचारका बारेमा कुनै प्रतिक्रिया दिएको थिएन । उता अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने सो समाचारको गतहप्ता नै पुष्टि गरेका थिए । अमेरिकी राष्ट्रपति ओबामाले मन्सुर मारिएको समाचार साँचो भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका थिए । अफगान सरकारले पनि यहाँका नागरिकको शान्तिको चाहनालाई सम्मान गर्नुको सट्टा मुल्लाह र उनका कमाण्डरहरुले अफगानिस्तानमा हत्या हिंसालाई नै निरन्तरता दिन खोजेको बताएको थियो । उनको निधनसँगै अब अर्काे नेताको चयनका बारेमा पनि सो संगठनले प्रक्रिया अघि बढाएको बताएको छ । मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी अमेरिकी राष्ट्रपति ओबामाले गरे । रासस÷एएफपी

विशेष