ट्रम्प विरुद्ध न्यु मेक्सिकोमा प्रदर्शन
जेठ, १२, न्यु मेक्सिकोमा डोनाल्ड ट्रम्प विरुद्ध प्रदर्शनकारीहरुले बलिरहेका टिसर्ट र बोतल फ्याकेर प्रदर्शन गरेका छन् ।
प्रहरीले भिडलाई नियन्त्रण गर्नको लागि टियर ग्यास फ्याकेको थियो । प्रदर्शनलाई रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप पनि भयो ।
प्रदर्शनकारीले आल्बुकर्क कन्वेन्शन सेन्टरको बाहिर ब्यानर उठाएर प्रदर्शन र नाराबाजी गरे । ब्यानरमा हामीले धेरै सुनिसक्यौ र घृण बन्दगर जस्ता नारा लेखेर प्रदर्शनकारीले प्रदर्शन गरे ।
रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार ट्रम्प अमेरिका र मेक्सिकोको सीमामा एउटा पर्खाल बनाउने पक्षमा थिए । किनकि अबैध तरिकाले अमेरिकामा आउने मानिसलाई रोक्न सकियोस् । प्रदर्शनकारीले आल्बुकर्क ल्यालीमा ट्रम्पले दिने भनिएको भाषणलाई पनि अवरोध पु¥याए ।
आल्बुकर्कको पुलिसले बताए अनुसार प्रदर्शनकारीले प्रहरी अधिकारी र उनका घोडालाई बोतल र ढुंगा फ्याकेका थिए ।