यस्ताे छ राजधानीमा प्रहरीकाे निशुल्क बस सेवा
काठमाडौं १३ जेठ चक्काजामकाे असरलार्इ मध्यनजर गर्दै यात्रुहरुको सुविधाकाे लागी नेपाल प्रहरीले बिहिबार निःशुल्क बस सञ्चालनमा ल्याएको छ । ट्राफिक कारबाही शुल्क बृद्धि गरिएको विरोधमा यातायात व्यवसायीहरुले चक्काजाम गरेको सन्दर्भमा प्रहरीले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै २ ओटा बस निःशुल्करुपमा सञ्चालनमा ल्याएको हो ।
बेलुकी ५ बजेसम्म सञ्चालनमा रहने प्रहरीले जनाएको छ ।
यस्तो छ रुट
रुट नम्बर १
नक्साल, जयनेपाल, पुतलीसडक, माइतीघर, थापाथली, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, रवीभवन, कालिमाटी, त्रिपुरेश्वर, नागस्थान, न्युरोड गेट, जमल, महेन्द्र शालिक, दरवारमार्ग, जयनेपाल सिनेमाहल हुँदै नक्साल ।
रुट नम्बर २
नक्साल, लोत्सेचोक, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, नागेस्थान, न्युरोड गेट, जमल, लैनचौर, लाजिम्पाट, पुलिस एकेडेमी, नारायण गोपाल चोक, पुलिस एकेडेमी, बालुवाटार हुँदै नक्साल ।