News

मेरा लागि मानव अधिकार आवधिक होइन आजीवन हो- प्रम ओली

मेरा लागि मानव अधिकार आवधिक होइन आजीवन हो- प्रम ओली
काठमाण्डौ,१३ जेठ  प्रधानमन्त्री के.पी शर्मा ओलीले मानव अधिकार आफ्ना लागि आवधिक नभएर आजीवनको बिषय भएको बताएका छन ।राष्ट्रिय मानव अधिकार आयोगको १७ औं स्थापना दिवशको अवसरमा आयोगले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैले पनि मानव अधिकारको बलजफ्ती उल्लंघन गर्न नपाओस भनेर सरकार गम्भिर रहेको जिकीर गरेका छन  । [caption id="attachment_2446" align="alignnone" width="563"]kp तस्विर - चेतन अधिकारी ÷प्रधानमन्त्रीका प्रेस संयोजक[/caption] ‘मानवअधिकार मेरो आवधिक बिषय होइन आजीवन हो’ प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण मानव अधिकारका बिषयमा मेरो सजगता सधैं कायम रहन्छ ।’मानवअधिकारलाई व्यक्ति र संस्थापिच्छेले फरक फरक परिभाषा गर्नु गलत रहेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो । ‘मानवअधिकार जताबाट हेरे पनि एउटै र उस्तै हुनुपर्छ ’प्रधानमन्त्री ओलीले भने ‘यो ब्यक्तिपिच्छे फरक फरक हुनुहुदैन ।’ वर्तमानको राजनीतिक समस्या समाधानका लागि सरकार गम्भिर रहेको प्रधानमन्त्री ओलीले बताएका छन  । ‘वर्तमान राजनीतिक समस्या समाधानका लागि सरकारले पत्र पठाएको छ । वर्ताको आह्वान गरेको छ र अनौपचारिक रुपमा पनि कुरा गरिरहेको छ’ । प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई मानवअधिकारको बहालीका लागि गम्भिर भएर लागिपर्न आग्रह् गरेका छन  ।  

विशेष