News

होस् गर्नुहोस्, सडकमा पार्किङ गरिएको तपाईको बाइक गायव होला (भिडियो सहित)

होस् गर्नुहोस्, सडकमा पार्किङ गरिएको तपाईको बाइक गायव होला (भिडियो सहित)
सागर बुढाथोकी काठमाडौंको पूरानोबसपार्कदेखि शंकरदेबसम्मको क्षेत्रलाई खसी बजार भनिन्छ । यो क्षेत्रको बाटो अत्यन्त व्यस्त रहन्छ । तरकारी बजार, हस्पिटल, क्याम्पस, होटल, विभिन्न कार्यालय आदिइत्यादिका कारण यहांको ट्राफिक चांप अध्याधिक छ । तर, सो क्षेत्रमा पार्किङ गर्ने ठाऊं छैन । अलिक पर गएर पार्किङ गर्ने धेरैको बानी छैन । सजिलो उपाय हो सडक । सडकमै बाइक पार्किङ गरेर धेरैजसो लाखापाखा लाग्छन् । फर्केर आउंदा बाइक गायब भइसकेको हुन्छ । महानगरीय प्रहरीले ट्रिपरमा हालेर बाइक लगिसकेको हुन्छ, सवारीधनीलाई अत्तोपत्तो हुंदैन । खसीबजारमा मात्र होइन, काठमाडौंका अधिकांश सडकमा महानगरीय प्रहरी र सवारीधनीको लुकामारी दिनहुं भइरहन्छ । बाइक लैजादै गरेको दृश्य यहां हेर्नुहोस् [embed]https://youtu.be/0PU8WExEbow[/embed] सडकमा राखिएका बाइक उठाउन ट्राफिक प्रहरी र महानगरिय प्रहरीकाबीचमा समन्वय हुन्छ । ट्राफिक प्रहरीले नो पार्किङ एरिया निर्धारण गरेको हुन्छ । पार्किङ गर्न नपाइने क्षेत्रका बारेमा ट्राफिकले महानगरीय प्रहरीलाई जानकारी दिन्छ । सोही आधारमा महानगरीय प्रहरीले ट्रिपर लिएर गस्ति गरिरहेको हुन्छ । देख्नासाथ सडकमा पार्किङ गरिएका गाडी उठाएर लैजान्छ । बाइकधनीलाई बाइक उठाएको जानकारि समेत हुंदैन । फर्केर आउंदा बाइक चोरी भएको ठानेर धनीलाई टेन्सन हुन्छ । सोधिखोजी गरेपछि प्रहरीले लगेको थाहा हुन्छ । त्यसपछि आइलाग्ने झन्झट छंदै छ । कहां लगिन्छ बाइक ? ट्रक नभरिन्जेल ट्रिपर गस्तिमै हुन्छ । ट्रिपर भरिएपछि महानगरीय ट्राफिक महाशाखाको प्राङगणमा लगेर राखिन्छ । सडकबाट उठाइएका ठेलागाडी, फलफुल, कपडाजस्ता सामाग्री भने महानगरीय प्रहरी प्रभाग टेकुमा भण्डारण गरिन्छ । फिर्ता कसरी पाउने मोटरसाईकल फिर्ता लगेकै दिन पाउन सकिन्छ । त्यसका लागि ट्राफिक प्रहरीले मोटरसाईकलको कागजात दुरुस्त छ भनी रुजु गरेको कागज आवश्यक पर्दछ । कागज भएरमात्र पुग्दैन । १ हजार जरिवाना तिराएर बाईक फिर्ता दिईन्छ । फुटपाथ व्याबसायिकको हकमा कुरा गर्दा प्रहरीले सामान रिसिभ गर्दा संख्या खुलाएर भरपाई दिन्छ । सामान फिर्ता दिने बेलामा सो सामानको बजार मुल्य भन्दा केही कममा फिर्ता दिईन्छ । जरिवानाभन्दा बाइमा हुंने क्षति बढी एक हजार तिरेपछि बाइक फिर्ता हुन्छ भन्दै ढुक्क नहुनुहोस् । कति जतनले चलाएको बाइक प्रहरीको निर्दयी हातमा पुग्छ । ट्रिपरमा राख्दा, लैजादादेखि झार्दासम्म बाइक कति ठाऊंमा कोतरिइसकेको हुन्छ । ऐना फुट्ने, लाइट फुट्ने, ब्रेक भांचिनेजस्ता समस्या धेरै बाइकमा देखिन्छ । [embed][/embed] कति उठ्रयो राजश्व ? २०७१ सालमा सरदर ११३० मोटरसाईकललाई कारबाही गर्दा १ करोड १३ लाख बराबरको राजश्व दाखिला भयो । त्यसै गरी २०७२ सालको भुकम्प र नाकाबन्दीले गर्दा कम मोटरसाइकल कारबाहीमा परे । ९८० मोटरसाईकल कारबाहीमा पर्दा ९८ लाख बराबरको राजश्व संकलन भयो । यो बर्षको जेठसम्ममा १३ लाख बराबरको राजश्व संकलन भईसकेको छ । ५ हजार फुटपाथ ब्यबसायीलाई कारबाही गर्दा २०७२ सालमा ३५ लाख बराबरको राजश्व संकलन भयो । त्यसैगरी यो बर्षको जेठ सम्ममा थारै मात्रामा राजश्व संकलन भएको महानगरीय प्रहरीका डिएसपी धनपती सापकोटाले बताए । [caption id="attachment_2430" align="alignnone" width="750"]mahanagari-praharika-DSP--Dhanapati-Sapkota महानगरीय प्रहरीका डि.एस .पी.,धनपती सापकोटा । फोटो: सागर[/caption] कारबाही प्रभाबकारी भएन महानगरीय प्रहरीले दिनहु जसो कारबाही गरेतापनि सडकमा पार्किङ गर्ने र पसल थाप्ने क्रम रोकिएको छैन । नो पार्किङमा मोटरसाईकल पार्क भईरहेको हुन्छ । फुटपाथमा निष्फिक्रीसंग व्यापार चलिरहेको छ । महानगरीय प्रहरीका डिएसपी धनपति सापकोटा यो क्रममा कमि नआउनुमा कानुन दोषी भएको बताउछन । उनी भन्छन्, ‘नत शुन्य गर्ने कानुन बनेको छ, न त जरिवाना नै धेरै छ, सामान ल्याएपछि जफत नै गर्ने कानुन भएमा मात्र यस्तो क्रम शुन्यमा झर्छ । कि त जरिवाना अझै धेरै बनाउनु पर्यो ।’ महानगरीय प्रहरीसंग प्रयाप्त जनशक्तिपनि छैन । सबै बाइक उठाउन सक्ने क्षमतापनि छैन । अनुगमनका लागि हिड्ने जनशक्तिको अभाव खट्किएको छ । सापकोटा भन्छन्, ‘लगभग ५० ।६० जनाले पूरा काठमाण्डौ भ्याउनु पर्छ, नत यातायातको गतिलो ब्यबस्था छ न त सञ्चार नै, धन्न अभाबको बिच यति गरेका छौँ । तर यो क्रमलाई कमी गर्न मान्छेहरुले नै नियम पालना गर्नु प¥यो ।’

dhanapati sapkota dsp kathmandu municipality nagarpalika nepa unmanaged parking

विशेष