नेपालीको आम्दानी १० डलर घट्यो, हरेक नेपालीलाई २१ हजार ऋण
काठमाडौं, जेठ १४ यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै दुई हजार रुपैयाँ बढेको छ । सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण– ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण थियो ।
नेपालले विभिन्न दातृ निकाय तथा सरकारलाई तिर्नुपर्ने ऋण पनि तीन खर्ब ७४ अर्ब पुगेको छ । गत वर्ष नेपालले तिर्न बाँकी ऋण तीन खर्ब ४३ अर्ब थियो ।
नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा वैदेशिक ऋणको अनुपात तीन प्रतिशत पुगेको छ । गत वर्ष यो अनुपात १.८ प्रतिशत रहेको थियो । यस्तै कुल गार्हस्थ उत्पादनको अुनपातमा बजेट घाटा ७.६ प्रतिशत रहेको छ ।
आम्दानी १० डलर घट्यो
[caption id="attachment_2511" align="alignleft" width="300"] तस्विरः नयाँ पत्रिका[/caption]
नेपालीको प्रतिव्यक्ति आय घटेको छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आय १० डलरले घटेर ७५२ डलरमा सीमित भएको छ । गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय ७६२ अमेरिकी डलर थियो । न्यून आर्थिक वृद्धि र अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अवमूल्यन भएकाले प्रतिव्यक्ति आय घटेको सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्भेक्षण ०७३ उल्लेख छ । अ ार्थिक वर्ष ०६८र६९ पछि नेपालीको प्रतिव्यक्ति आय यो वर्ष घटेको सर्भेक्षणमा उल्लेख छ । त्यस वर्ष नेपालीको आय १२ डलरले ओरालो लागेको थियो । आव ०७०र७१ मा सात सय २५ रहेको नेपालीको आय गत वर्ष ३७ डलरले बढेको थियो , नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।