अमेरिकाको आँखामा नेपाल
काठमाडौं १४ जेठ । नेपालका लागि अमेरिकी राजदूत अलइना वि टेप्लिजले अमेरिकाले नेपाललाई अमेरिकी आँखाबाट नै हेर्दै आएको र त्यसरी नै हेर्ने बताएकी छन् । त्रिभुवन विश्व विद्यालयमा आयोजित ‘अमेरिकी विदेश नीति र दक्षिण एसिया’ विषयमा आफ्नो धारणा राख्दै त्यसै सम्बन्धी सवाल जवाफमा उनले यस्तो बताएकी हुन् ।
हरेक मुलुकसँग आफ्नै नीति हुने र त्यही अनुरुप अमेरिकाले पनि आफ्नै नीतिबाट हेर्ने बताएकी हुन् । नेपालमा अमेरिकाले भारतको आँखाबाट हेर्ने भन्ने जिज्ञासा धेरै आउँने गरेको बताउँदै उनले भनिन, ‘नेपाललाई हामी हाम्रै आँखाले हेर्छौ । यदि अर्काका आँखाबाट हेर्ने नीति हँुदो हो त नेपालमा दूतावास नै रहँदैन थियो होला । हाम्रो सम्बन्ध छ । दूतावास छ । यति धेरै अमेरिकीहरु नेपालसँगको सहकार्यमा काम गरिरहेका छौ ।’
यस्तो जिज्ञासाले अफूलाई आश्चर्य पार्ने गरेको समेत उनले बताइन । अमेरिकाले कुनै मुलुकलाई हेर्ने नीतिमा भारत वा अन्य कुनै मुलुकबाट कहिल्यै आउटसोर्सिङ नगरेको स्पष्ट पारिन् । नेपाल हाम्रो विश्वासिलो र पुरानो मित्र मुलुक हो भन्दै उनले नेपालको स्थायित्व, विकास र समृद्धिमा अमेरिकी चाहना रहेको स्पष्ट पारिन् । छिमेकी भारत र चीनले गरिरहेको प्रगतिबाट नेपालले धेरै फाइदा लिन सक्ने उनले बताइन् । आजको कान्तिपुरमा खबर छ ।