प्रवास News

रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठागी गर्ने पक्राउ

रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठागी गर्ने पक्राउ
जेठ, १४, रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन भन्दै झण्डै करोड ठगी गरेर फरार रहेका एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । jail युरो एण्ड सी लिंक कन्सल्टेन्सी र फ्लाई युरो कन्सल्टेन्सीका सञ्चालक मध्येका एक मकवानपुर नामाटारका २३ वर्षीय रञ्जीत कंडेललाई प्रहरीले पक्राउ गरेको हो । उनले विभिन्न देश पठाइदिन्छु भन्दै १३ जनासँगबाट करिब ८० लाख लिएर सम्पर्क विहिन भएका थिए । कंडेलले जर्मनी पठाइदिन्छु भन्दै रसुवाका खेसम तामाङसहित तामाङसहित २ जनालाई, दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै रसुवाकै संगीता तामाङसहित २ जना, कञ्चनपुरका लक्ष्मीप्रसाद बरालसहित ७ जनालाई मौरिसस पठाउने तथा काभ्रेका सुमन सापकोटासहित २ जनालाई न्यूजिल्याण्ड पठाउने भन्दै १३ जनाबाट करिब ८० लाख लिएको उजुरी परेको छ । पीडितको उजुरीका आधारमा प्रहरीको अपराध महाशाखाको टोलीले आरोपी कंडेललाई पक्राउ गरी महानगरीय प्रहरी परिसर पठाएको छ । कंडेलका गिरोहका अन्य सदस्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विशेष