पूर्वराजालाई देशको चिन्ता
पूर्वराजा ज्ञानेन्द्र शाहले आमुल परिवर्तको नारामा खडा गरिएको नेपालभित्रको परिवर्तित सन्दर्भ अहिले आम मूल्यांकनको विषय बनेको बताएका छन् ।
अन्नपूर्ण पोष्टसंगको साक्षात्कारमा उनले संविधान बनेर राष्ट्र हार्न नहुने बताएका छन् ।
मलाई संविधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता छ भन्दै उनले जुनसुकै हैतियतमा पनि जन्मभूमिलाई कर्मभूमि ठान्छु भनेका छन् । समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवनचक्रमा पनि आरोह अवरोह आउंछन उनले भनेका छन् ।