आर्थिक वर्ष २०७३–७४ को बजेट आज
सरकारले आगामी आर्थिक वर्षका लागि शनिबार अपरान्ह ४ बजे व्यवस्थापिका–संसदमा बजेट प्रस्तुत गर्ने भएको छ ।
आर्थिक वर्ष २०७३–७४ का लागि यसपटक नयां आर्थिक वर्ष सुरु हुनु डेढ महिनाअघि बजेट सार्वजनिक गर्न लागिएको हो । आज अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट पेश गर्नेछन् ।
आज सार्वजनिक गर्न लागिएको बजेट दश खर्ब रुपैया“भन्दा माथिको हुनेछ । गत वर्ष सरकारले आठ खर्ब १९ अर्बको बजेट प्रस्तुत गरेको थियो । बजेटका लागि सरकारले साढे पा“च खर्ब रुपैया“भन्दा बढी राजस्वको स्रोतबाट जुटाउनेछ भने विदेशी ऋण तथा अनुदानबाट सरकारले दुई खर्ब ९० अर्ब रुपिया“को स्रोत जुटाउने गरी बजेटमा प्रस्ताव गर्दैछ ।
सरकारले पुनःनिर्माणका लागि गत वर्षभन्दा दोब्बर बजेट छुट्टयाउने तयारी गरिरहेको छ । यो डेढ खर्ब रुपिया“को हाराहारीमा रहनेछ ।