अपहरित उद्योगी केडियाको अवस्था अझै अज्ञात, प्रहरीको लापरवाहीले भन्दै बिरोध
जेठ-१५- अपहरणमा परेका उद्योगी सुरेश केडियाको अवस्था अझै अज्ञात छ । परिवारिक स्रोत अनुसार अहिलेसम्म अपहरणकारीबाट कुनै माग आएको छैन् ।
उद्योगीपति केडियाको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ । अपहरितको अवस्था पत्ता लगाउन नेपाल–भारत दुवै तर्फका विशेष टोली खटाएर खोजकार्य भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीको बिरोध
प्रहरीले समयमा नै अपराधीलाई समात्न नसकेको भन्दै बाराको तेलकुवाका स्थानीयबासीले प्रहरी चौकी अगाडि प्रदर्शन गरेका थिए । सयौको संख्यामा आएका प्रदर्शनकारीले करिब तीन घण्टासम्म प्रहरी चौकी तेलकुवा घेराउ गरेका थिए । तत्काल अपहरितलाई सकुशल रिहा गराउन प्रहरीसँग प्रदर्शनकारीले माग गरेका थिए ।
घाइते चालक खतरामुक्त
अपहरणकारीले चलाएको गोली लागेर घाइते भएका चालक श्यामउमेश साह कानुको अवस्था खतार मुक्त रहेको छ । उनलाई चितावन अंचल अस्पतलामा खतरा मुक्त अवस्था उपचार भइरहेको प्रहरीले जनाएको छ । दायाँ कञ्चटको मुनिपट्टी अड्केको गोली भने अझै निकाल्न नसकेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै अञ्चल प्रहरी प्रमुखले बताएका छन् ।
आजका विभिन्न पत्रपत्रिकामा खबर छ ।