मनिषाको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टस् अायाे
[caption id="attachment_2781" align="aligncenter" width="750"] मनिषाको परिवार: फुटवलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा विमल र उनको आमा । तस्बिर : प्रदीपराज वन्त, रासस[/caption]
जेठ-१५- राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगरको बहिनी मनिषाको घाँटीमा परेको दबाबका कारण मृत्यु भएको पोस्टमार्टमको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम विभागका चिकित्सकले मनिषाको घाँटीमा ठूलो दबाब परेर मृत्यु भएको र त्यो झुण्डिएको (ह्याङगिङ) सँग मेल खाएको बताएका छन् ।‘अहिलेसम्म उहाँको शवको परीक्षण गर्दा घाँटीमा ठूलो दबाब परेको कारण मृत्यु भएको पत्ता लागेको छ ।
जुन ह्याङगिङसँग मेल खान्छ ।’ फोरेन्सिक विभागका प्रमुख हरिहर वस्तीले भने, ‘मृत्युको अन्य विस्तृत जानकारी पाउन अझैं केही दिन कुर्नुपर्ने हुन्छ । सम्पूर्ण ल्याब परीक्षणबाट मात्रै सबै जानकारी पाउन सकिएला ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
manishako postmorterm