News

गणतन्त्रको उपहास, १ लाखलाई सम्मान –विज्ञप्तिसहित

गणतन्त्रको उपहास, १ लाखलाई सम्मान –विज्ञप्तिसहित
सरकारले गणतन्त्र दिवसको उपलक्ष्यमा झण्डै १ लाख व्यक्तिलाई पदक र सम्मान दिने भएको छ । ३७ ० जनालाई विभुषण दिंदैछ । 13296334_1187846187904973_135882771_n त्यस्तै, ५६ हजार २ सय ७९ जनालाई प्राकृतिक प्रकोप पीडितोद्धार र सार्क सम्मेलनमा सहयोग पुर्याउने २५ हजार एक सय बाइस जनालाई सम्मानस्वरुप कदरपत्र दिदै छ । तर, यतिधेरै संख्यामा राज्यले कदरपत्र दिंदा कसरी दिइन लागेको हो भन्ने सरकारले प्रष्ट गरेको छैन । राष्ट्रपति कार्यालय शुक्रबार विज्ञप्ती जारी गरेपछि सम्मानित हुंनेको संख्या सार्वजनिक भएको हो । भुकम्पमा लाखौ व्यक्ति सहयोगार्थ देशविदेशबाट भुकम्प प्रभावित क्षेत्रमा पुगेका थिए । ति मध्ये कुन आधारमा ५६ हजार छनौट भए ? खुलाइएको छैन । कर्मचारी प्रशासन र राजनीतिक दलको मनपरि भएको बुझिएको छ । हजारौंको सूचीमा को को परे भन्ने हेक्का नराखिएको स्रोतले बतायो । आफन्त र आफ्ना कार्यकर्ताको हेक्का भने कर्मचारी र दलले राखेको बताइन्छ । सहयोगी छुट्ने र सम्मान अर्कैले लुट्ने स्थितिका कारण स्वतस्फुर्तरुपमा भइरहेका सहयोगमा समेत ह्रास आउनसक्ने चिन्ता धेरैले व्यक्त गरेका छन् ।

विशेष